निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजीनामा, रवाना र बिदा बन्द गरिएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभास सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्रका सम्पूर्ण कार्यालयहरूले यस्तो व्यवस्था गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०८२ बमोजिम अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले माघ १९ देखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्ने तथा अति आवश्यकबाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार
अरु पनि पढ्नुहोस्