दोहोरो अंकले बजार घट्दा कारोबार रकम बढ्यो



काठमाडौं । साताको तेस्रो कारोबार दिनमा सेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन बजार १२.५८ अंकले घटेर नेप्से परिसूचक २६८३.१५ विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिन १.५३ अंकले बढेर २६९५.७३ विन्दु कायम भएको थियो ।

आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएकामा आज आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा आज ३२२ कम्पनीको सेयर किनबेच भयो, जसमा ६६ कम्पनीको बढ्यो भने १९० वटाको घट्यो । तीन कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।

कालिञ्चोक दर्शन लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसपछि एचएलआई लार्ज क्याप, मेगा म्युचुअल फन्ड–१, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य क्रमशः ९.९५, ५.७९ र ५.१५ प्रतिशतले बढ्यो ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार
अरु पनि पढ्नुहोस्