ने वि संघ जुम्ला ले विशेष चुनावी भेला गर्ने 



जुम्ला नेपाल विद्यार्थी सङ्घ शाखा जुम्लाले  चुनाव विशेष भेला गर्ने तयारी गरेको छ।  विशेष तयारी मिति २०८२ साल १० महिना २९ गते दिउँसो  दिउँसो ३  बजे होटल मानसर्वरमा  उक्त कार्यक्रम सञ्चालन हुने छ

उक्त कार्यक्रममा आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर अब नजिकिँदै गरेको निर्वाचनलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा जिल्ला स्थित  नेपाल विद्यार्थी सङ् का विभिन्न संघ संगठनका प्रमुख प्रतिनिधिहरू सँग छलफल गरेर अबको निर्वाचनमा कसरी हामी अगाडि बढ्ने भन्ने विषयमा यी यावत कुराहरुलाई लक्षित गरी विशेष भेला गर्ने   हुनेछ भनेर आयोजक नेपाल विद्यार्थी सङ्घ जिल्ला शाखाका  जुम्लाका सभापति महेश हमालले जानकारी दिएका छन्।

उनका अनुसार अबको निर्वाचनमा हाम्रा उम्मेदवारहरूलाई कसरी जिताउने नेपाल विद्यार्थी सङ्घले कसरी आफ्नो भूमिका निर्वाह गर्ने भन्ने विषयमा    र अबको निर्वाचनलाई विशेष मर्यादित ढङ्गमा  पूरा गर्ने भन्ने विषयमा यावत नेपाल विद्यार्थी सङ्घ शाखा जुम्लाका विभिन्न विद्यार्थी प्रतिनिधिहरू सँग छलफल गर्ने   विषयमा विशेष भेला गर्न लागेको हो भनेर जानकारी दिएका छन्

 

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार
अरु पनि पढ्नुहोस्