जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी मध्ये दुईजना गम्भीर घाइते



जुम्लामा सवारी दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ।

जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान बिहीबार तातोपानी गाउँपालिका–६ धौलापानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेका भ्यानमा सवार सबै सात जना निर्वाचन प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविन बाबु रेग्मीका अनुसार घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

हालसम्म घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्