नेपाल कम्युनिस्ट पार्टी जुम्ला का उम्मेदवार नरेश भण्डारीले गरे। जुम्ला समृद्धि संकल्प पत्र सार्वजनिक



जुम्ला। नेपाल कम्युनिस्ट पार्टी जुम्लाका उम्मेदवार नरेश भण्डारीले जुम्ला समृद्धि  सङ्कल्पपत्र तथा घोषणापत्र सार्वजनिक गरेका छन्।  दिगो विकासमा जोड नेपाली कला संस्कृतिमा अग्रगामीता विकासमा जोड सँगै नीति कार्यान्वयन तथा संरचनामा  पुन  निर्माणमा जोड  रहेको  दाबी छ

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित  गर्दै फागुन १० गते आइतबार बिहान ७ बजे पत्रकार सम्मेलन मार्फत घोषणापत्र सार्वजनिक गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी  जुम्लाका उम्मेदवार नरेश  भण्डारीका अनुसार नीति कानुन तथा संरचनामा निर्माण खस सिजा सभ्यताको संरक्षण आधुनिक र दिगो  पूर्वाधार विकास आत्मनिर्भर अर्थतन्त्र स्वास्थ्य क्रान्ति शिक्षा र जनशक्ति विकास ऊर्जा र सिँचाइ पर्यटन तथा सांस्कृतिक संकट डिजिटल र सञ्चार पहुँच  विस्तार मा म निर्वाचित भइसकेपछि  यिनै कुराहरूलाई सकारात्मक बाटोतिर र निर्माणतिर लैजाने जमर्कोका साथ यो निर्वाचनमा लागि परेको छु भनेर उनले जानकारी दिएका छन्

त्यस्तै विभिन्न क्षेत्रहरूको सडक विस्तार हुनुका साथै पर्याप्त रूपमा नेपाली जनताहरूलाई विकासमा निरन्तरता र सुशासनमा अग्रसरता   पर्यटन प्रवर्धन मा निरन्तरता दिइरहने र आफू निर्वाचन भइसकेपछि यिनै कुराहरूलाई कमीकमजोरी हुन नदिने सुशासन समृद्धि र  संकल्पका साथ अगाडि बढ्ने तपाईँ हामी सबैको हातेमालो  गरी विकासमा जोड  दिनुपर्छ भनी विकास निकास  गर्नुपर्छ उनले दाबी गरेका छन्।
 

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार
अरु पनि पढ्नुहोस्