झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) उल्लेखनीय मतान्तरसहित अगाडि देखिएका छन्।
हालसम्म ९ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत पाएका छन्। यससँगै बालेनले ओलीमाथि पाँच हजारभन्दा बढी मतान्तर बनाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले २१६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १६५ मत ल्याएका छन्।
झापा–५ मा मतगणना प्रक्रिया अझै जारी रहेको छ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्