जुम्लाको पातरासी मा आगलागी हुँदा एक घर जलेर नष्ट



जुम्ला। जुम्लाको पातरासी गाउँपालिका वडा नं २ पेरे  गाउँमा आगलागी  हुँदा  एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ।  जुम्लाको पातरासी गाउँपालिका पेरे गाउँमा अवस्थित सुक कामीको  घर  बेलुका  तिर जलेर पूर्णरूपमा नष्ट भएको हो।

उक्त घटना फागुन २६ गते मङ्गलबार बेलुका ७ बजे  आगलागी भएको हो  भनी स्थानीय ऐनबहादुर कामीले जानकारी दिएका छन्। उनका अनुसार एक्कासी बत्तीको तारबाट  जलेर विद्युत लाइन शर्ट भएर आगोजली भएको  हो भनी उनले जानकारी दिएका छन्।

उक्त घटना भइरहँदा मानवीय क्षति चाहिँ नभएको र त्यहाँका स्थानीयहरूले आगो लाग्नाका साथ आगो निभाउनमा सबै स्थानीयहरू जम्मा भएर आगो नियन्त्रणमा लिँदै गर्दा आगो केही मात्रामा निरन्तर हुँदै गर्दा प्रहरी आइपुगेको बताइएको छ।

यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्