लज्जास्पद हारपछि ऋषि धमलाले आजपा परित्याग



काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट–४ बाट लज्जास्पद पराजय भोगेपछि पूर्वपत्रकार ऋषि धमला ले आम जनता पार्टी (आजपा) त्यागेको घोषणा गरेका छन्।
सोमबार आयोजित एक कार्यक्रममा उनले निर्वाचन प्रयोजनका लागि मात्रै आफूले आजपाको चुनाव चिह्न प्रयोग गरेको स्पष्ट पार्दै चुनाव सम्पन्न भइसकेकाले अब पार्टीसँग कुनै सम्बन्ध नरहेको बताएका हुन्।

रौतहट–४ मा गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी**) ३६ हजार ८७६ मतसहित विजयी भए। धमलाले भने ६५५ मत मात्रै प्राप्त गर्दै छैटौँ स्थानमा सीमित भए।

निर्वाचनमा दोस्रो स्थानमा देवप्रसाद तिमलसेना (नेपाली कांग्रेस**) १५ हजार ८६५ मतसहित रहे। तेस्रो स्थानमा रामकुमार भट्टराई ९ हजार ७७८ मतसहित रहे भने चौथो स्थानमा रामजी साह सोनार ले ३ हजार ४७८ मत पाए। त्यसपछि राजकुमार दास तत्मा ले १ हजार ६२ मत प्राप्त गरेका थिए।

धमलाका अनुसार उनले प्रयोग गरेको ‘मोबाइल’ चुनाव चिह्न आम जनता पार्टी र जनादेश पार्टी बीचको सहमतिअनुसार प्रयोग गरिएको थियो। साथै, आफूलाई चुनावमा उठ्नका लागि बालेन्द्र शाह ले नै आग्रह गरेको पनि उनले बताएका

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार
अरु पनि पढ्नुहोस्