जुम्ला। पश्चिम नेपालको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा एक्स–रे सेवा पुनः सञ्चालनमा आएको छ। केही दिनअघि बिग्रिएको एक्स–रे मेसिन मर्मतपछि अस्पतालले सेवा पुनः सुचारु गरेको जनाएको छ।
जुम्लासहित कर्णालीका दुर्गम जिल्लाबाट चोटपटक लागेका, लडेर घाइते भएका तथा हड्डीसम्बन्धी समस्या भएका बिरामी उपचारका लागि दैनिक रूपमा यस अस्पतालमा आउने गर्छन्। प्रतिष्ठानका अनुसार गत १९ फागुन रातिदेखि एक्स–रे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको थियो।
मेसिन मर्मत भई पुनः सञ्चालनमा आएसँगै अब सेवाग्राहीले सहज रूपमा एक्स–रे सेवा पाउने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्