जुम्लाबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार



जुम्ला। जुम्लामा सुत्केरी भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलालाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरी सुत्केरी गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचार आवश्यक परेको अस्पतालले जनाएको छ।

त्यसपछि उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा हेलिकप्टरमार्फत उनको उद्धार गरी सुर्खेत लगिएको बताइएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्