हेलिकप्टरमार्फत सुर्खेत लगिएकी जुम्लाकी सुत्केरी महिलाको उपचारकै क्रममा मृत्यु



जुम्ला। जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको बेला गएराति करिब १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो। प्रतिष्ठानमा शल्यक्रिया गरेर सुत्केरी गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको थियो।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकै क्रममा उनको मृत्यु
भएको अस्पताल स्रोतले जनाएको छ

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्