जुम्ला। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले आफ्नो निर्वाचन अभियानको खर्च विवरण बुझाएका छन्। उनले जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाएको प्रतिवेदन अनुसार निर्वाचन अवधिमा कुल १० लाख २ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
पेश गरिएको विवरणमा मनोनयन दर्ता प्रक्रियामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ भने मतदाता नामावली व्यवस्थापनमा १२ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै प्रचार–प्रसारका लागि मतपत्र, झण्डा, ब्यानर लगायतका सामग्री खरिद तथा छपाइमा २ लाख ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
यातायात व्यवस्थापनमा २ लाख ६५ हजार रुपैयाँ खर्च गरिएको छ भने डिजिटल माध्यमबाट प्रचार सामग्री उत्पादन तथा प्रसारणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यसैगरी इन्टरनेट तथा सञ्चार सेवामा ५ हजार, इन्धनमा ८५ हजार, खाना खर्चमा ९५ हजार र विविध शीर्षकमा ४५ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
उम्मेदवार भण्डारीका अनुसार उक्त खर्च विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता अनुरूप तयार गरी पेश गरिएको हो।
प्रतिक्रिया दिनुहोस्