कालिकोटमा २२ वर्षीय युवक मृत अवस्थामा फेला



कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–२ स्थित मजिउन खोला र बुक खोलाको बीच भागमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतक नरहरिनाथ–३ कुमालगाउँ निवासी दानबहादुर बुढा र मनपूरा बुढाका २२ वर्षीय छोरा राजेन्द्र बुढा रहेको खुलेको छ। रोजगारीका लागि बालुवा ल्याउन गएका एक दम्पतीले शव देखेपछि घटना सार्वजनिक भएको हो।

परिवारका अनुसार राजेन्द्र बुढा फागुन २८ गतेदेखि हराइरहेका थिए र तीन दिनदेखि परिवारसँग सम्पर्कमा थिएनन्। उनी नरहरिनाथको मुख्य सडकबाट करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार
अरु पनि पढ्नुहोस्