इनिसा विक हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पत्रकार महासंघ जुम्लाको ध्यानाकर्षण



जुम्ला । सुर्खेतकी १६ वर्षीया बालिका इनिसा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ जुम्लाले प्रशासनको ध्यानाकर्षण गराएको छ।

सोमबार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाँईको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावललाई ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमार्फत घटनाको सत्य–तथ्य सार्वजनिक गर्दै निष्पक्ष अनुसन्धान गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

अध्यक्ष चौलागाँईले पछिल्लो समय महिलाहरूका लागि सुरक्षित रूपमा हिँडडुल गर्ने वातावरण कमजोर बन्दै गएको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताएका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी रावलले उक्त पत्र प्रदेश प्रहरी कार्यालय हुँदै गृह मन्त्रालयसम्म पठाइने जानकारी दिएका छन्।

फागुन २३ गते शनिबार इनिसा विकमाथि बलात्कारपछि हत्या गरिएको घटनापछि परिवारले अहिलेसम्म शव बुझेका छैनन्। घटनामा न्यायको माग गर्दै अधिकारकर्मीहरूले आन्दोलन जारी राखेका छन्।

 

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार
अरु पनि पढ्नुहोस्