जुम्ला बहुमुखी क्याम्पसमा नव आगन्तु विद्यार्थीहरूलाई स्वागत तथा सम्मान



जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  पुरानालाई प्रस्थान नयाँलाई सम्मान भन्ने मूल नारालाई अग्रसर गर्दै भर्खरै प्लस टु सकेर जुम्ला बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका bbs बिए डी प्रथम तहका विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम  भएको हो।

फागुन ४ गते मङ्गलबारका दिन बिहान ८ बजे सोही स्वागत कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ भनि  आयोजक स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सचिव दत्तराज रावतले जानकारी दिएका छन्। उनका अनुसार पुरानालाई प्रस्थान र नयाँलाई सम्मान भन्ने भनाइलाई आत्मसाथ गर्दै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत अनि सम्मान कार्यक्रम गर्न लागिएको हो। अब जुम्ला बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको नियमितता नयाँ ज्ञान नयाँ सोच र नयाँ विचारको धारणाका साथ यस पाठशालामा अध्ययनको मात्रामा बढ्नेछ भनी आयोजक रावतले जानकारी दिएका छन्।

त्यस्तै विभिन्न क्षेत्रबाट प्लस टु उत्तीर्ण भई स्नातक तह बिएड प्रथम वर्ष bbs प्रथम वर्षका विद्यार्थीहरूलाई नयाँ ज्ञान र सोच विचारका साथ अगाडि बढ्न का साथ र जुम्ला बहुमुखी क्याम्पसमा कुनै अप्ठ्यारो समस्या परेको छ भने तुरुन्त सम्पर्क गर्न स्वतन्त्र विद्यार्थी युनियन जुम्लाका अध्यक्ष लोकेन्द्र बुढाले आफ्नो सहयोग लिन विद्यार्थीहरूलाई आग्रह पनि गरेका छन्

विद्यार्थीहरूको स्तर उन्नतिका लागि र नयाँ ज्ञान सीपको थालनी गर्ने जुम्लाकै एक ऐतिहासिक विश्वविद्यालय  जुम्ला बहुमुखी क्याम्पस हो। यहाँ आफ्नो क्षमता वृद्धि र सिप उन्मुख शिक्षा क्षेत्रको अग्रगामी र निरन्तरता हुने ठाउँमा विद्यार्थीहरूलाई नयाँ ज्ञानको थालनी गर्ने उद्देश्यले जुम्ला बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न  भएको हो

 

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
अरु पनि पढ्नुहोस्