हेलिकप्टर दुर्घटना अपडेट : घाइतेलाई काठमाडौँ ल्याइँदै



काठमाडौँ– खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसी क्षेत्रमा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ।

शव बोकेर पुगेको उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरमार्फत पाइलट र एक घाइतेलाई काठमाडौँ ल्याइँदै गरिएको छ। अन्य यात्रुहरूको अवस्था भने सामान्य रहेको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
अरु पनि पढ्नुहोस्