जुम्ला — नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवसको अवसरमा जुम्लामा सुत्केरी महिलालाई फलफूल वितरण गरिएको छ। सोमबार आयोजित कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा रहेका सुत्केरीहरूलाई फलफूल बाँडिएको हो।
दिवसको अवसर पारेर पत्रकारहरूबीच शुभकामना आदानप्रदान समेत गरिएको महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई ले जानकारी दिए। उनले सम्पूर्ण पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै श्रमजीवी पत्रकारहरूको साझा संस्था महासंघलाई दलिय प्रभावबाट मुक्त राखी सक्रिय पत्रकारहरूको पेशागत संस्था बनाउनु पर्नेमा जोड दिए।
केन्द्रीय सर्कुलरअनुसार विभिन्न कार्यक्रम गरी दिवस मनाउने क्रममा जुम्लामा भने सुत्केरी लक्षित कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रतिष्ठानमा रहेका १३ जना सुत्केरी महिलालाई स्वास्थ्यका लागि पहेँला पाकेका फलफूल सेवन गर्नुपर्ने सन्देशसहित केरा र सुन्तला वितरण गरिएको थियो
दिवसको अवसर पारेर पत्रकारहरूबीच शुभकामना आदानप्रदान समेत गरिएको महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई ले जानकारी दिए। उनले सम्पूर्ण पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै श्रमजीवी पत्रकारहरूको साझा संस्था महासंघलाई दलिय प्रभावबाट मुक्त राखी सक्रिय पत्रकारहरूको पेशागत संस्था बनाउनु पर्नेमा जोड दिए।
केन्द्रीय सर्कुलरअनुसार विभिन्न कार्यक्रम गरी दिवस मनाउने क्रममा जुम्लामा भने सुत्केरी लक्षित कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रतिष्ठानमा रहेका १३ जना सुत्केरी महिलालाई स्वास्थ्यका लागि पहेँला पाकेका फलफूल सेवन गर्नुपर्ने सन्देशसहित केरा र सुन्तला वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्