जुम्लाको तिला गाउँपालिका–५ अन्तर्गत खाेलीगाउँको बिराली ढुस्का क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज बिहान करिब साढे ८ बजेको समयमा कुडारीबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर खाेलीगाउँ निवासी तिल रावत घाइते भएका छन् भने चालक भैर रावत भने सकुशल रहेको वडा नम्बर ५ का अध्यक्ष ललित बहादुर शाहीले जानकारी दिएका छन्।
बालुवा बोकेको ट्याक्टर उकालो चढ्ने क्रममा नसकी पछाडि सर्दै जाँदा पल्टिएको बताइएको छ। दुर्घटनापछि ट्याक्टर सडकबाट करिब १०० मिटर तल खसेको थियो।
घाइते रावतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्