जुम्ला। चन्दनाथ नगरपालिका जुम्लाका स्थानीयहरूले नगरपालिकामा सरसफाई अभियान सञ्चालन गरेका छन्। जुम्लाको चन्दनाथ नगरपालिका वडा नं ३ का स्थानीय उपेन्द्र बुढथापा को नेतृत्वमा चन्दननाथ नगरपालिकाका सचेत युवाहरुको सहकार्यमा सरसफाई अभियान सुरु भएको हो।
शनिबार बिहान ७ बजेदेखि चन्दनाथ नगरपालिकाका स्थानीय युवाहरू विगत लामो समयदेखि फोहोरहरू ह्वात्तै बढ्दो क्रममा देखिएपछि जुन चन्दनाथ नगरपालिका वडा नम्बर ३ जुगाडा खोलाको माथिल्लो पुल नजिकै सरसफाई भएको छ भनी एक नगरबासी युवा अभियन्ता नरेन्द्र बुढथापाले जानकारी दिएका छन्।
उनका अनुसार यो सरसफाई अभियान केही दिन मात्रै हुने छैन। अबका दिनमा हामी सचेत युवाहरू लागिपरि गर्नेछौं चन्दनाथ नगरपालिकामा विगत केही समयदेखि फोहोर बढ्दो क्रममा देखिएको छ यो फोहोरलाई निरन्तर व्यवस्थापन गर्नका लागि आजका दिनबाट हामी जागि रहेका छौँ अबका दिनमा यो अभियान रहिरहने छ नगरभित्र बसोबास गर्ने प्रत्येक नागरिक हरुलाई जथाभावी फोहोर खोलामा नफाली र हाम्रो अभियानमा फोहोर व्यवस्थापन गर्नमा सबैको साझेदारी राखी अबको प्रत्येक शनिबार बिहान करिब ७ बजेदेखि फोहोर व्यवस्थापन गर्नमा प्रत्येक नागरिकले एक एक घण्टाको समय दिएर नगरपालिकालाई सफा र स्वच्छ बनाउनुपर्छ भन्ने उहाँको भनाइ छ।
त्यस्तै केही दिनदेखि देखा परेको नगरपालिकाको फोहोर व्यवस्थापन गर्न नसकेको हुनाले अहिले नगरपालिकाले किन अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकेको छैन भन्ने विषयमा स्थानीय नगरबासी तथा सचेत युवाहरूले नगरपालिकालाई चेतावनी दिँदै सरसफाई अभियान तीव्र रुपमा अगाडि बढ्नेछ भनि चन्दनाथ नगरपालिकाका सचेत युवाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्