जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षा अस्पताल जुम्लाका कर्मचारीहरूले तालाबन्दी गरेका छन्। कर्मचारीहरूले आफ्नो माग पूरा नभएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापनाकालदेखि नै काम गर्दै आएको त्यसमा कुनै पनि बढुवा र अन्य सेवा सुविधा नभएको हुनाले तालाबन्दी गरेका हुन्।
वैशाख २ गते बुधबारका दिन भिसी र रजिस्ट्रारको कार्यालयको अगाडि को च्यानल गेट मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारी ले तालाबन्दी गरेका हुन्। सोही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाकालदेखि नै कार्यरत कर्मचारीहरू काम गर्दै आएका छौं र हाम्रो कुनै पनि बढुवा भएको छैन यसको माग पूरा होस् भनी बारम्बार ध्यान आकर्षण बुझाउँदा बुझाउँदै पनि हाम्रो माग पूरा नभएको हुनाले तालाबन्दी गरेका हौँ भनी सोही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यर कर्मचारी डक्टर राजेन्द्र मणि गिरी ले जानकारी दिएका छन्।
उनका अनुसार बेलाबेला हामीले ध्यानाकर्षण बुझाउँदाखेरि पनि हाम्रो माग सम्बोधन भएन हामीले कहिले ओपिटि कहिले इमर्जेन्सीमा बारम्बार काम गरिराख्नुपर्थ्यो कहिले विद्यार्थीहरूलाई टिचिङ गराइराख्नुपर्ने भएकाले स्थापना कालदेखि कार्यरत रहेको अस्पतालमा कुनै पनि बडुवा सेवा सुविधा नहुँदा हाम्रा माग सम्बोधन नहुँदा नहुँदै पनि विगत लामो समयदेखि काम गर्दै आइरहेका छौं र हामीलाई उच्चस्तरका पदाधिकारीले हामीलाई कुनै पनि किसिमको बढुवा नगरेको हुनाले र धेरैचोटि विज्ञापन गर्दा पदपूर्ति हुन नआएका हुनाले गर्दा हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालदेखि नै काम गर्दै आएका छौं। हामीलाई बढुवाको व्यवस्था र अन्य सेवा सुविधाहरू गरिदिनुहुन बारम्बार भिसी र रजिस्ट्रारलाई बारम्बार आग्रह गर्दा पनि हाम्रो माग सुनिश्चित भएन भने जबसम्म हाम्रो माग सम्बोधन हुँदैन त्यतिन्जेलसम्म यो आन्दोलन जारी रहनेछ र ताला पनि खोल्ने छैन भनी उनले जानकारी दिनुभएको छ।
साथै आन्दोलन गर्दागर्दै विद्यार्थीहरूको पढाइमा पनि ठूलो धक्का लागेको छ हाम्रो माग सुनिश्चित पुरा नभएसम्म र हामीबाट हुने सेवा सुविधा सबै ठप्प रहनेछन् भने उनीहरुले दाबी पनि गरेका छन्। उनीहरुले दाबी गर्दा विद्यार्थीहरूको पठनपाठनमा ठूलो धक्का लाग्ने भएको छ सोही विषयमा आफ्नो मागलाई छिटोभन्दा छिटो सम्बोधन गरी विद्यार्थीहरूको पठनपाठनमा सहज पुर्याउनका साथै हामीहरूको मागहरू पनि पूरा गर्न उनीहरूले उच्चस्तरका पदाधिकारीहरूलाई आग्रह पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्