महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, तीन तोला सुन रहेको उल्लेख



म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनीसँग तीन तोला सुन रहेको उल्लेख गरिएको छ।

पुनले आफ्नो बैंक खातामा करिब २९ लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्। जसअनुसार नेपाल बैंक लिमिटेड मा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा २५ लाख रुपैयाँ रहेको जनाइएको छ।

उनका अनुसार नेपाल बैंकमा रहेको ४ लाख रुपैयाँ साथीभाइबाट प्राप्त सहयोग रकम हो भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारीका क्रममा सहयोगीहरूले दिएको रकमबाट बचेको हो।
उक्त रकम म्याग्दीस्थित सम्पर्क कार्यालय सञ्चालनमा प्रयोग गरिने उनले बताएका छन्।

त्यस्तै, आफूसँग रहेको तीन तोला सुन २०६० सालतिर खरिद गरेर श्रीमतीलाई उपहार दिएको पनि उनले उल्लेख गरेका छन्।⊆

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार
अरु पनि पढ्नुहोस्