जेष्ठ नागरिक संघ जुम्लामा नयाँ नेतृत्व चयन, समस्याप्रति सरोकारवालाको ध्यानाकर्षण



जुम्ला। जेष्ठ नागरिक संघ जुम्लाको छैटौँ साधारणसभा आइतबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को समिक्षा गर्दै सभा आयोजना गरिएको हो। सभाले कार्यबाहक अध्यक्ष भवानी प्रसाद न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। संघका अध्यक्ष तिर्थराज भारतीको कार्यकाल सकिनु अघि नै निधन भएपछि न्यौपानेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। अब उनलाई आगामी एक वर्षसम्म, अर्थात् चुनावी अधिवेशन नभएसम्म अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

यसैगरी, दयादत्त हमाललाई संघको सचिवको जिम्मेवारी दिइएको छ। कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख राजुर्सिंह कठायतले संघलाई अहिलेसम्म गरिएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उपप्रमुख रामदेबी खड्काले जेष्ठ नागरिकको सेवा गर्नु पुण्यको कार्य भएको उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्न सकारात्मक रहेको बताइन्।

जेष्ठ नागरिकहरूले भोग्दै आएका विविध समस्याहरू समाधान गर्न सरोकारवाला निकायले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार
अरु पनि पढ्नुहोस्