जबरजस्ती करणी आरोपमा जुम्लाका वडा अध्यक्ष पक्राउ



जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार पक्राउ पुर्जी जारी भएपछि बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ। पीडितले बुढाले पटक–पटक धम्की दिँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएको बताइएको छ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार
अरु पनि पढ्नुहोस्