जुम्ला। जुम्लामा पाँचवटा सरकारी साधन मोटरसाइकल । नियन्त्रणमा लिएको छ। जिल्लाको जुम्ला चन्दनाथ नगरपालिका पातरासी गाउँपालिका हिमा गाउँपालिका लगायत विभिन्न सरकारी कार्यालयका सवारी साधन मध्येका मोटरसाइकललाई ट्राफिक निगरानी मार्फत पाँचवटा मोटरसाइकललाई निरन्तरमा लिएको हो।
त्यस्तै नेपाल सरकारले शनिबारका दिन आवश्यक परे पास लिएर आवतजावत गर्नुपर्ने बिना अनुमति बिना सरकारी साधनको दुरुपयोग नगर्ने भन्ने विषयमा अहिले पछिल्लो समयमा नेपाल सरकारमा धेरै ठूलो चुनौतीको विषयको बहस बन्दै गर्दा जुम्लामा पनि विभिन्न सवारी साधन चालकका व्यक्तिहरूको मापसे चेक गर्दै सरकारी कार्यालयका सवारी साधनलाई निगरानी गर्न लागिएको हो भनि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रकाश बहादुर शाहीले जानकारी दिएका छन्।
उनका अनुसार आज शनिबारका दिन
१) क.प्र. ०-२००२ ब २१० हिमा गाउँपालिका को मोटरसाइकल
२) क.१ब १४५ चन्दननाथ न.पा को मोटरसाइकल
३) क.१ब. १५८ शहरी तथा भवन डिभिजन कार्यालय को मोटरसाइकल
४) क.१ब ३३६ चन्दननाथ न.पा को मोटरसाइकल
५) क १ब पातारासि गायतका सवारी साधन जिल्ला ट्राफिक कार्यालय जुम्लाको निरन्तरमा ल्याइएको छ भनी उनले जानकारी दिएका छन्।
विशेषगरी सरकारी कामकार्यको लागि सरकारी साधनको सही सदुपयोग गर्नका लागि अधिकारी पास लिएर मात्र आवतजावत गर्नुपर्ने र आधिकारिक पास लिएर कामकार्य अगाडि बढाउनुपर्ने सरकारको नीतिमा उल्लेख गरिएको छ। त्यस्तै व्यक्तिगत काम कार्यको लागि सरकारी बाइकको दुरुपयोग पछिल्लो समयमा जुम्लामा बढ्दो क्रममा देखिएपछि आज शनिबारका दिन पनि यिनी पाँचौ वटा सरकारी साधनलाई प्रहरीको नियन्त्रणमा लिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्