मुगुमा मिनीबसले च्यापिँदा सहचालकको मृत्यु



मुगु। हिमाली जिल्ला मुगुमा मिनीबसले च्यापिँदा एक सहचालकको ज्यान गएको छ । नाग्म–गमगडी सडकखण्ड अन्तर्गत छायाँनाथ रारा नगरपालिका–८ सल्लेरीबाट २४ जना यात्रु बोकेर जुम्लातर्फ जाँदै गरेको मिनीबसमा कार्यरत जुम्लाको पातारासी गाउँपालिका–३ का २९ वर्षीय राजेन्द्र खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जुम्लाको पातारासी गाउँपालिका–७ पटमाराका ४३ वर्षीय शक्ति सिंह थापाले चलाएको क.प्र.०२–००१ ख ०९८६ नम्बरको मिनीबस रोकिएको अवस्थामा साइड दिने क्रममा चालकले थाहा नपाई गाडी ब्याक गरेका थिए । सोही क्रममा सहचालक खड्का बसको अगाडिको चक्कामुनि च्यापिएर गम्भीर घाइते भएका थिए ।
घाइते खड्कालाई तत्काल उपचारका लागि दिउँसो २ बजे जिल्ला अस्पताल ठिनी पु¥याइएको थियो ।

अस्पतालका डा. निर्मल नगरकोटीले जाँचपछि उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

प्रहरीका अनुसार चालक र गाडी जिल्ला प्रहरी कार्यालय मुगुको नियन्त्रणमा रहेका छन् । मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ भने पोस्टमार्टमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार
अरु पनि पढ्नुहोस्