जुम्लाको पातारासी गाउँपालिका–५ का वडा अध्यक्ष दत्त बहादुर बुढालाई जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि जेल चलान गरिएको छ।
जिल्ला अदालत जुम्लाले प्रारम्भिक सुनुवाइपछि बुढालाई थुनामा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
यसअघि पक्राउ परेका बुढामाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मी का अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलाको पहिचान गोप्य राखिएको छ। पीडितले वडा अध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी थिइन्।
घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्