ड्युटीमै रहेका असई लिला बहादुर खत्रीको निधन



कालीकोट । कालीकोटमा ड्युटीमा खटिएका एक प्रहरी कर्मचारीको अचानक निधन भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–५ स्थित खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको सोमबार मृत्यु भएको हो ।

ड्युटीका क्रममा अचानक छातीमा समस्या देखिएपछि उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म पुर्‍याइए पनि उपचारकै क्रममा दिउँसो १२ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भएका खत्रीको दरबन्दी इलाका प्रहरी चौकी पचालझरनामा रहे पनि हाल उनी खल्लागार्ड प्रहरी चौकीमा कार्यरत थिए ।

राष्ट्रसेवामा खटिएकै समयमा भएको उनको निधनले प्रहरी संगठन तथा सुरक्षा निकायलाई ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार
अरु पनि पढ्नुहोस्