दुदैलेखमा बोलेरो दुर्घटना : चालकसहित तीन जनाको मृत्यु, पाँच जना घाइते



दैलेख । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दैलेखको भैरवी गाउँपालिका अन्तर्गत काल्गौडी क्षेत्रमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।

प्राप्त प्रारम्भिक जानकारी अनुसार यात्रु बोकेको बोलेरो अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुने व्यक्तिहरूको सनाखत प्रक्रिया जारी रहेकाले उनीहरूको नाम, ठेगाना र अन्य विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि थप अनुसन्धान भइरहेको छ।

घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छाएको छ भने स्थानीय प्रशासनले दुर्घटनासम्बन्धी थप विवरण सङ्कलन गरिरहेको जनाएको छ। प्रहरीले मृतक तथा घाइतेको पहिचान भएपछि विस्तृत जानकारी सार्वजनिक गर्ने बताएको छ। हुन बाकी ।।

 

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार
अरु पनि पढ्नुहोस्