गृहमन्त्रालयमा सुधन गुरुङको पुनरागमन, आजै शपथ लिने



काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनको शपथ ग्रहण आज दिउँसो ३ बजे तय गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयसँग आवश्यक समन्वय तथा पत्राचार भइसकेको छ।

सम्पत्ति विवरणलगायतका विभिन्न विवादमा मुछिएपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

समितिले आरोप पुष्टि नभएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने निर्णय गरिएको बताइएको छ।

 

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्