जुम्लामा लागूऔषधविरुद्ध प्रहरी अभियान कडा : १४ जना नियन्त्रणमा, अनुसन्धान जारी



जुम्ला। जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रहरीले थप तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डीएसपी चिरञ्जीवी दाहालको नेतृत्वमा सञ्चालन गरेको अभियानअन्तर्गत लागूऔषध ओसारपसार, बिक्री–वितरण, सेवन तथा शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म १४ जनालाई पक्राउ गरिएको जनाएको छ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–४ का सागर नेपाली (सलिन), दुर्गा बहादुर सुनार (लालु), एकिन्द्र कामी, वडा–५ का यज्ञ कठायत र विकास भण्डारी, साथै तातोपानी गाउँपालिका–५ का धुर्व गिरी, पारस डाँगी, सुभास डाँगी र लक्ष्मण डाँगीलगायत रहेका छन्।

उनीहरूमाथि लागूऔषध कारोबार, प्रयोग तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही व्यक्तिहरू स्थानीयलाई त्रसित बनाउने, चोरी तथा धम्कीपूर्ण गतिविधिमा समेत संलग्न रहेको दाबी गरिएको छ।

 

यसैबीच, लागूऔषध ल्याउने क्रममा संलग्न भएको आशंकामा सागर नेपाली र एकिन्द्र नेपालीलाई नेपालगञ्जमा लागूऔषधसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रहरीका अनुसार हिरासतमा रहेका विक्रम कठायतले असामान्य व्यवहार देखाएपछि परिवारको जिम्मा लगाइएको थियो भने धुर्व गिरी अस्पतालबाट भाग्ने क्रममा घाइते भएका छन्।

 

डीएसपी दाहालले लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताउँदै यस्ता गतिविधि नियन्त्रण नहुँदा समाजमा असुरक्षा बढ्ने र कानुनी व्यवस्था प्रभावित हुने अवस्था आउने उल्लेख गरे।

 

उनले लागूऔषध प्रयोगकर्ताका लागि जिल्लामा सुधार केन्द्रको अभाव रहेको बताउँदै यसले प्रहरी कार्यमा थप चुनौती थपेको पनि जनाए।

प्रहरीले अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र अभियान अझ सशक्त रूपमा अघि बढाइने जनाएको छ। साथै, स्थानीय तह, जनप्रतिनिधि र सर्वसाधारणलाई यस्ता गतिविधिबारे सूचना दिन आग्रह गरि

 

 

 

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्