जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धी गणेश सामुदायिक वनमा चट्याङ पर्दा १२ वटा खसी/बाख्रा मरेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आज अपराह्न करिब ३:३० बजे सामुदायिक वनमा चरिरहेको अवस्थामा चट्याङ पर्दा विभिन्न कृषकका १२ वटा खसी/बाख्राको मृत्यु भएको हो। घटनामा कुनै मानवीय क्षति भएको छैन।
मृत्यु भएका खसी/बाख्रा बोहरागाउँ निवासी दलबहादुर कामीको १ वटा, धनराज विकको ३ वटा, ज्योति नेपालीको १ वटा, गोबी सार्कीको १ वटा तथा सिंह नेपालीको ६ वटा रहेका छन्।
घटनाबारे स्थानीय दलबहादुर कामीले साँझ करिब ६ बजे टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय जुम्लालाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्