जुम्ला – चन्दनाथ नगरपालिका वडा नं १ ले जुम्ला जिल्ला विमानस्थल नजिकैको प्रदेशद्वार गेट नजिकैमा अवस्थित अव्यवस्थित टहराहरू भत्काएको छ।
चन्दनाथ नगरपालिका वडा नम्बर १ ले असार १७ गते बुधबारका दिन करिब साढे १२ बजे को समयमा त्यहाँका व्यवसायीहरूलाई सामान सार्न लगाई चन्दनाथ नगरपालिका जुम्लाको डोजर आएर सोही टहराहरू भत्काएको हो भनी चन्दनाथ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलक प्रसाद न्यौपाने ले जानकारी दिएका छन्। उनका अनुसार
चन्दनाथ नगरपालिका वडा नम्बर १ नजिकै जुम्ला विमानस्थल रहेसँगै जुम्ला सदरमुकाम खलङ्गा छिर्ने प्रवेशद्वार गेट नजिकै अव्यवस्थित टहराहरू राखेर ती अव्यवस्थित टहराहरूमा केही व्यक्तिहरूले होटल तथा पसल सञ्चालन गर्दै आएका थिए केही दिनअघि उनी व्यापारीहरूलाई पत्र पठाएको थियौँ तर त्यही पत्र अनुसार उहाँले सामान सार्न टहरा खाली गर्न ढिला सुस्ती भएको छ त्यस्तै आगामी दिनमा स्वच्छ सफा तथा दिगो विकासलाई लक्षित गर्दै तिनै टहराहरू भत्काएर त्यहाँ कुनै पनि नयाँ कार्य योजना बनाउने तथा प्रवेशद्वार नजिकै विकास निर्माणलाई जोड दिने नयाँ कामको थालनी गर्ने बस्नका वा प्रतीक्षाका लागि व्यवस्था गर्ने भनी अध्यक्षले प्रतिबद्ध समेत गरेका छन्।
सोही कार्यमा अभियन्ता उपेन्द्र बुढथापा सही ठाउँमा पुगेर व्यापारीहरूलाई सम्झाई बुझाई गरी सरकार पक्षका र नागरिक पक्षका सँग छलफल गरी दिगो विकासमा जोड दिनका लागि र सुन्दर विकासमै नगरपालिका बनाउनका लागि साथ र समर्थन रहिरहनेछ भनि उपेन्द्र बुढथापाले आफ्नो धारणा प्रकट गरेका छन्।
त्यस्तै नगरपालिकामा एउटा विमानस्थल नजिकै मात्र होइन अबका दिनमा विकास निर्माणमा जोट दिनुपर्ने हो भने नगरलाई व्यवस्थित र विकासमय बनाउने नै हो भने विभिन्न ठाउँमा नगरपालिकाको तथा सार्वजनिक जग्गा नगरभित्र बसोबास गरेका विभिन्न व्यक्तिहरूलाई सार्वजनिक तथा नगरको जग्गा खाली गरेर विकासमय बनाउनुपर्छ भन्ने नागरिकहरूको गुनासो समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्