जुम्ला – डोल्पाको जगदुल्लाबाट जुम्लातर्फ आउँदै गरेको जिप मौर्य लेक नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने घाइतेमध्ये ११ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचारका लागि ल्याइएको छ।
प्राप्त जानकारीअनुसार जिपमा १२ जना यात्रु सवार थिए। गाडी एक्कासी अनियन्त्रित। भई दिउँसो १:५० बजे अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका–८, डोल्पाका विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका यात्रुमध्ये ११ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला ल्याइएको छ। अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त। डाइरेक्टर डा. विनम्र बिष्टको नेतृत्वमा अस्पतालले उपचारका लागि आवश्यक पूर्वतयारी गरेको थियो।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल परिचालन गरी घाइतेहरू अस्पताल पुग्नेबित्तिकै उपचार सुरु गरिएको डा. बिष्टले जानकारी दिएका छन्। उनका अनुसार घटना भएको थाहा पाउने बित्तिकै उपचार स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न लगाई बिरामीहरूको तत्काल उपचार गर्न लगाउन लागिएको हो भनि डक्टर विनम्र बिष्टले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्