सुर्खेतमा २ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ



मुन बहादुर बि.क

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित मिलनचोकबाट प्रहरीले २ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ५ बजे शंकास्पद अवस्थासुर्खेतमा २ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

मा हिँडिरहेका वीरेन्द्रनगर–७ निवासी ३६ वर्षीय दीपक बहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी वरिष्ठ हवल्दार गगनबहादुर नेपाली तथा प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले शाहीको शरीर खानतलासी गर्दा चार पुडिया र एक पोकामा राखिएको शुद्ध तौल २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेका शाहीलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिएकाछन्।

 

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार
अरु पनि पढ्नुहोस्