जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
पदभार ग्रहण कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. बिनम्र बिष्ट, विभिन्न संकाय तथा विभागका प्रमुख, चिकित्सक, कर्मचारी र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
पदभार ग्रहणपछि उपकुलपति प्रा.डा. मेन्याङ्बोले प्रतिष्ठानको शैक्षिक, स्वास्थ्य सेवा र अनुसन्धानलाई थप प्रभावकारी, गुणस्तरीय तथा जनमुखी बनाउँदै संस्थाको समग्र विकासमा प्रतिबद्धताका साथ काम गर्ने बताउनुभएको थियो।
उहाँले प्रतिष्ठानमा कार्यरत सम्पूर्ण जनशक्तिबीच समन्वय, सहकार्य र सुशासनलाई प्राथमिकता दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो।
प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूले नवनियुक्त उपकुलपति मेन्याङ्बोलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा प्रतिष्ठानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्