दैलेख — दैलेखको गुराँसखट गाउँपालिका–२ स्थित कर्णाली राजमार्गअन्तर्गत तल्लो डुङ्गेश्वर बजारमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः४५ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको चालकको नाम तथा ठेगाना नखुलेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक कैलाली ठेगाना भएका, अन्य विवरण नखुलेका करिब ४० वर्षीय प्रेम रोकाय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते रोकायको उद्धार तथा उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी तल्लो डुङ्गेश्वर, दैलेखले जनाएकोछ।
प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्