मुगु । मुगु आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि बिहान ४ बजेर २८ मिनेटमा मुगुको कलाई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।
लगातार दुईपटक भूकम्प गएपछि मुगु तथा आसपासका क्षेत्रमा सर्वसाधारणले धक्का महसुस गरेका छन्। भूकम्पबाट भएको सम्भावित क्षति तथा प्रभावबारे भने तत्काल कुनै विवरण सार्वजनिक भएको छैन।
यसअघि गत २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार
प्रतिक्रिया दिनुहोस्