पातारासी–५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बोहराको नेतृत्वमा १२ सदस्यीय समिति



जुम्ला । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–५ मा वडा अधिवेशन सम्पन्न भएको छ। निर्धारित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा तहका अधिवेशन सम्पन्न गर्ने क्रममा पातारासी–५ मा पनि अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट गगनसिंह बोहराको नेतृत्वमा १२ सदस्यीय वडा समिति गठन गरिएको छ। अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी नयाँ नेतृत्वलाई दिएको छ।

अधिवेशन सम्पन्न भएको जानकारी दिँदै रामन बुढाले निर्धारित कार्यक्रमअनुसार वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।

नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय तथा स्थानीय तहमा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएकोछ।

 

 

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
अरु पनि पढ्नुहोस्